Deshko News
१८ आश्विन २०८०, बिहिबार

गगनलाई देउवाको जवाफ : अब सभापति बन्ने पालो युवाकै हो



काठमाडौं, जेठ २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी बलियो नबन्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब पार्टी चलाउने जिम्मेवारी युवा पुस्ताकै रहेको बताए । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे ।

आफूले कांग्रेसलाई देशकै ठूलो पार्टी बनाएको भन्दै उनले भने, ‘सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् ।’

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News