Deshko News
१८ आश्विन २०८०, बिहिबार

शरणार्थी प्रकरणमा खाँणको बयान : टेकनारायणले झुटो बोले, मलाई फसाइयो



काठमाडौं, जेठ २० । नक्कली भुटानी शरणार्थी प्रक्रमणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनले यस प्रकरणमा आफ्नो संलग्नता नभएको अदालतमा बयान दिएका छन्।

खाणसँग जिल्ला अदालत काठमाडौंमा लिइएको बयानमा उनले उक्त प्रकरणमा आफ्नो संलग्नता अस्वीकारेका हुन् । खाणलाई इजलासका न्यायाधीशले २४ प्रश्न सोधेका थिए।

खाणलाई तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली शरणार्थी प्रकरणको धन्धामा सघाएको र करोडौं रकमको बिटो दिएको बयान अदालतमा दिइसकेका छन्। तर खाणले तत्कालीन गृहसचिव पाण्डे झुटो बोलेको दाबी गरेका छन्।

खाँणले नक्कली शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग पनि नभेटेको, पाण्डेले दिएको भनिएको रकम पनि नलिएको र कसैसँग कुराकानी नभएको दाबी अदालतसमक्ष गरेका छन्। उनले कांग्रेस नेता आङटावा शेर्पालाई यो धन्धामा नलगाएको र बयान फेर्न नभनेको दाबी गरेका छन्।

आजबाट नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकिएको छ । अब थुनचेक बहस हुनेछ ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News