Deshko News
६ आश्विन २०८०, शनिबार

अदालतमा टेकनाथले खोले टोपबहादुरको भूमिका, कतिसम्म गरेका रहेछन् ?



काठमाडौं, जेठ २० । नक्कली शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि पक्राउ परेका भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् ।

भुटानी शरणार्थी पंकरणमा सानु भण्डारी र केशव दुलालसँगै एमाले सचिव टोपबहादुर रायमाझीको प्रमुख संलग्नता रहेको बयान दिएका छन् । उनले अदालतमा सानु र केशव नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने भनेर आफूकहाँ आएको दाबी गरे।

रिजालले आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि उनीहरुले काठमाडौं ल्याएर टोपबहादुर रायमाझीलाई भेटाएको बताएका छन् । त्यसपछि टोपबहादुरसहित चारै जना प्रचण्डकहाँ पुगेको उनको दाबी छ ।

उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं।’ सानु र केशवलाई प्रचण्डसँग चिनजान गराउने पनि टोपबहादुर नै भएको उनले अदालतमा बयान दिएका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News