Deshko News
६ आश्विन २०८०, शनिबार

२७ वर्षपछि नेपालले टनकपुरबाट पानी पाउने, भयो यस्तो सहमति



काठमाडौं, जेठ २० । महाकाली सन्धि भएको २७ वर्षपछि भारतले टनकपुरबाट नेपाललाई पानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला यो सहमति भएको हो ।

नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

अहिले मूल नहरमा नै आवश्यकता अनुसार पानी छाड्ने र पछि शाखा नहरहरू तयार भएपछि अरू थप पानी छाड्ने बताइएको छ ।

सन्धिमा टनकपुर हेड रेगुलेटरबाट वर्षातमा २८.३५ क्यूसेक (घनमिटर प्रतिसेकेण्ड) र हिउँदमा ८.५ क्यूसेक पानी नेपाललाई उपलब्ध गराउने उल्लेख छ । भारत सरकारले तयार गरेको लिंक क्यानलबाट नेपाल सरकारले महाकाली तेस्रो सिँचाइ आयोजना सञ्चालन गरेको छ ।

यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आयो भने ३३ हजार भन्दा बढी हेक्टरमा सिँचाइ हुने विभागले जनाएको छ । २०५३ असोज ४ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला महाकाली सन्धि भएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News