ओडिशा रेल दुर्घटनाको कारण थाहा भइसक्यो : रेलमन्त्री वैष्णव


 


काठमाडौं, जेठ २१ । भारतका रेलमन्त्री अश्विनी वैष्णवले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको मुख्य कारण पत्ता लागिसकेको बताएका छन् ।

दुर्घटनास्थलको निगरानीपछि मिडियासंग कुराकानी गर्दै उनले घटनाको अनुसन्धान पूरा भएको र यसको मुख्य कारणबारे पत्ता लागेको बताएका हुन् ।

उनले कमिस्नर (रेल सेफ्टी) ले आफ्नो पूरा इन्क्वायरी रिपोर्ट छिट्टै सुम्पिने बताए । यो रिपोर्ट आएपछि सबै तथ्यबारे थाहा हुने उनको भनाइ छ ।

उक्त रेल दुर्घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको बताइएको छ । रेलमन्त्रीले बुधवार बिहानसम्म रेलको आवतजावत पूर्ण रूपमा हुने बताएका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्