Deshko News
१८ आश्विन २०८०, बिहिबार

वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए



ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार मृत अवस्था भेटिएका छन् ।

सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयको सर्बपक्षीय बैठकमा सहभागी भएर कार्यालय फर्कने क्रममा बरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय दीपक शाह शंकर इलाका प्रहरी कार्यालय तेल्लोक भन्दा केही तल बाघथला भन्ने स्थानमा मृत भेटिएका हुन् ।

अघिल्लो दिन अबेरसम्म बैठक भएपछि त्यसदिन फर्कन नसकी भोलिपल्ट कार्यालयतर्फ आउने क्रममा बाघथला भन्ने स्थानमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी जानकारी दिए ।

इलाका प्रहरी कार्यालयमै कार्यरत एक प्रहरी कर्मचारीसँगै मेहेले पुगेर बाघथलाको पसलमा ‘म हिसाब मिलाएर आउँछु’ भन्दै पछि बसेका दिपक लामो समयसम्म कार्यालयमा नआएपछि खोजीकार्य भएको थियो ।

उनलाई छारेरोगको समस्या रहेको कार्यालय कर्मचारीहरुले बताएका छ्न् । शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News