Deshko News
६ आश्विन २०८०, शनिबार

शरणार्थी प्रकरणमा : फैसला आउन डेढ हप्ता लाग्ने, प्रतिबादीतर्फ बहस गर्न ६ दिन



काठमाडौं, जेठ २१ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आारेपमा पक्राउ परेका १८ जना अभियुक्तको मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा आज (आइतबार)देखि थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा सुरु भएको हो । थुनछेक बहसमा आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलहरुले बहस गर्नेछन् ।

न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहस गर्न सरकारी वकिललाई तीन दिनको समय छुट्याएका छन् । जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट बहस गर्न ६ दिनको समय छुट्याइएको छ ।

त्यतीन्जेलसम्म बहस सकेर अर्को साताको बुधबार फैसला सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा जानकारी गराएका छन् ।

यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा लगाएतका १८ जना प्रतिवादी पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News