Deshko News
१६ आश्विन २०८०, मंगलबार

प्रेस लेखिएको गाडीमा अवैध सामान, भारतीयसहित दुईजना पक्राउ



ललितपुर, जेठ २३ । ललितपुरबाट प्रेस लेखिएको गाडीबाट अबैध सामान बरामद गरिएको छ । ललितपुर २६ चिवाहलमा सुरक्षा चेकजाचको क्रममा २० लाख बराबरको खैनी, गुट्खा लगायतका सामान प्रहरीले बरामद गरेको हो।

गाडीको अगा।ड ठूलो अक्षरमा प्रेस लेखेर टाँसिएको थियो। चेकजाचका क्रममा उनीहरुसँग अन्य व्यक्तिको मिति सकिएको प्रेस पास पनि भेटिएको छ।

उनीहरुको साथबाट पल टिभि नेपाल र पल अनलाइनखबर बाराको नाममा रहेको अन्य व्यक्तिको म्याद गुज्रेको प्रेस कार्ड समेत बरामद भएको छ। रामेश्वर भेटवाल, बाबुलाल अग्रवाल, रविन्द्र सुनारको नाममा रहेको प्रेस कार्ड प्रहरीले फेला पारेको हो। जुन २०७८ चैतमा नै मिति सकिएको छ।

म्याद गुज्रेको प्रेस कार्ड बोकेर प्रेसको गाडी बनाएर गुट्का, खैनी, कत्था बोकेका एक भारतीयसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता नवराज कार्कीका अनुसार पक्राउ पर्नेमा पिकअप चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४, डुम्बरवाना ३४ वर्षीय दीपकप्रसाद लामिछाने र पिकअपमा सवार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं. ११ बस्ने २८ वर्षीय सचिनकुमार चौरसिया रहेका छन्।

पक्राउ परेका व्यक्तिहरु व्यापारी भएको खुलेको प्रवक्ता कार्कीले बताए । उनीहरुले प्रहरीको चेकजाचको क्रममा पक्राउ परिने डरले प्रेस कार्ड बोकेको अनुसन्धानका क्रममा खुलेको छ। उनका अनुसार उनीहरु पत्रकार होनन्।

प्रहरी वृत्त चापागाउँबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, रेडबुल, कत्थालगायत सामान बरामद गरेको हो। बजार दर अनुसार यो सामानको रकम गरी अन्दाजी २० लाख ७३ हजार ५९० बराबरको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News