Deshko News
१६ आश्विन २०८०, मंगलबार

बझाङ्ग सुर्माका एक वडाअध्यक्षको मृत्यु



बझाङ, जेठ २५ । बझाङको सुर्मा गाउँपालिकाका एक वडाअध्यक्षको मृत्यु भएको छ।

जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष ३८ वर्षीय सर्जनबहादुर बोहराको बुधबारराति मृत्यु भएको हो।मधुमेह र कलेजो सम्बन्धी समस्याबाट पीडित बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

चिकित्सककै सल्लाहमा घर फर्केको केही दिनमै बोहराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। २०७९ को स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सुर्मा गाउँपालिका वडा नम्बर–४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए।

उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News