Deshko News
१४ मंसिर २०८०, बिहिबार

सांसद चौधरीले सदनमा ‘जब पर्‍यो राति, तब बुढी ताती भनेपछि…


 


काठमाडौं, जेठ २५ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सदनमा सदनमा बजेटमाथिको छलफलका क्रममा ‘जब पर्‍यो राति, तब बुढी ताती’ भनेपछि सो शब्द रेकर्डबाट हटाइएको छ ।

उक्त शब्द प्रयोग गरेपछि महिला सांसदले विरोध जनाएसँगै सो रेकर्डबाट हटाइएको हो । सांसद चौधरीले ‘जब पर्‍यो राति, तब बुढी ताती’ भनेपछि महिला सांसदहरुले आपत्ति जनाएका थिए ।

प्रतिनिधि सभाको नियमावली २१ घ अनुसार कसैलाई अपमानजनक शब्द प्रयोग गर्न पाइँदैन । महिला सांसदले आपत्ति जनाएछि सभामुखले ‘जब पर्‍यो राति, तब बुढी ताती रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्