अहिले आएर किन पछुताउँदैछन् बाबुराम ?


 


काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अहिले संकटमा परेको बताएका छन् ।

नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा राजनीतिक प्रस्ताव राख्नेक्रममा उनले अहिले पार्टी पहिचान र अस्तित्वको संकटमा रहेको बताएका छन् ।

राजनीतिक प्रस्ताव राख्दै आफूहरु वैकल्पिक शक्ति हो कि पुरानै राजनीतिक शक्ति हो भन्नेमै विरोधाभाष रहेको उल्लेख गरे ।

आफूहरुले पटक–पटक पार्टीको नाम र चुनाव चिन्ह फेरिरहनु, जनताप्रति जिम्मेवार हुन नसक्नु लगायतका विषयमा आलोचनात्मक बन्नुपर्ने र उत्तर खोज्ने बेला आएको उनको प्रतिवेदनमा उल्लेख छ ।

उनले पार्टीको छवि धमिलिनुमा हतारमा पार्टी घोषणा गर्नु, अरुसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु, जनआन्दोलन र जनपरिचालनप्रति उदाशीनता आउनु, मूल नेतृत्वको उदारता र आदर्शवाद र वस्तुगत प्रतिकूलतालाई प्रमुख कमजोरीका रुपमा लिएका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्