Deshko News
६ आश्विन २०८०, शनिबार

भारतको केरलाबाट विकसित हुँदै मनसुन, नेपाल कहिले पुग्ला ?



काठमाडौं, जेठ २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ। मनसुनी वायुले बादल लगाउने र पानी पार्ने गर्छ ।

केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको र त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू सुरु भएको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुने हो। सामान्यतः केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ सम्म लाग्ने गर्छ ।

उनका अनुसार केरलाबाट मनसुनी वायु बंगालको खाडी हुँदा त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ।

यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ। केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने उनले बताए।

नेपालमा २०२० मा जुन १२ मा मनसुनी वायु आइपुगेको थियो। ०२१ मा ११ जुन र ०२२ मा ५ जुनमै मनसुनी वायु नेपाल भित्रिएको थियो।

नेपाल प्रवेश गरेपछि मात्रै मौसममा बदली हुने उनले बताएका छन्। झापाबाट प्रवेश हुने मनसुनी वायु नेपालभरि यात्रा गर्न न्युनतम पाँच दिनसम्म लाग्छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News