Deshko News
१८ आश्विन २०८०, बिहिबार

आजको मौसम : पहाडमा क्षणिक वर्षाको सम्भावना, तराईमा लू चल्ने



काठमाडौं, जेठ २६
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशका पहाडी भू-भागको एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ । शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News