Deshko News
१२ मंसिर २०८०, मंगलबार

असार १४ गते सार्वजनिक विदा


 


काठमाडौं, असार १२ । सरकारले मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी असार १४ गते बिहीबार सार्वजनिक बिदा घोषणा गरेको हो। बकर ईद मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो।

हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।

प्रकाशित मिति: १२ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्