चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

काठमाडौं, असार १२ । चिनियाँ खर्बपति ज्याक मा काठमाडौं आएका छन्।
ज्याक मा १५ दिने पर्यटक भिसामा मंगलबार चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए।
भुसालका अनुसार ज्याकको टोली बाङ्लादेशबाट नेपाल आएको हो। टोलीमा ज्याकसहित ७ जना छन्।
प्रकाशित मिति: १२ असार २०८०, मंगलबार