जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने
काठमाडौं, असार १३ । जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
दलका नेता राउतले सुरुवातदेखि नै बजेट समावेशी नभएको र मधेशलाई उपेक्षा गरिएको आरोप लगाउँदै आएका थिए ।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार