काठमाडौँका सुकुम्वासीलाई ६ महिनाभित्र हटाउन निर्देशन


काठमाडौं, असार २० । प्रतिनिधिसभा, पूर्वाधार विकास समिति बैठकले काठमाडौंको नदी किनारका ससुकुम्वासी बस्तीलाई ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज (बुधबार) बसेको बैठकले वाग्मती सुधार आयोजनाका बारेमा छलफल गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् ।
समितिले काठमाडौँ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत वाग्मती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: २० असार २०८०, बुधबार