मुख्यमन्त्री उद्धव थापाले लिए सपथ, जगेबु र सुनुवार मन्त्री नियुक्त

विराटनगर, असार २२ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्। आज (शुक्रबार) विहान प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त थापालाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एव समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापाले आज शपथ लिएका हुन्।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल जबेगु र नेपाली काङ्ग्रेसबाट प्रदिप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुले पनि शपथ लिएका छन्।
प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार