Deshko News
१६ आश्विन २०८०, मंगलबार

यौन धन्दा चलाउने होटल सञ्चालिकासहित तीन महिला पक्राउ



कैलाली, साउन १०
कैलालीमा वेश्यावृतिमा संलग्न भएको आरोपमा तीन महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका-२ अत्तरियाको रिङ्गरोडमा रहेको पूजा होटलबाट तीन महिलालाई पक्राउ गरेको हो ।

मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका दुई महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालले जानकारी दिए ।

सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन् । उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन् ।

ती दुवै महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका-२ तेघरीमा बस्दै आएका थिए । होटल संचालिकासहित तिनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News