नेसपा गोरखाका नगर सभापतिसहित १४ जनाले गरे पार्टी परित्याग


काठमाडौं, साउन १४ । नेपाल समाजवादी पार्टीका गोरखा नगरपालिकाका अध्यक्षसहित १४ जनाले पार्टी परित्याग गरेका छन्।
नगर सभापति ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहित १४ जनाले विज्ञप्ति निकालेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरूले सामाजिक काममा क्रियाशील रहने भन्दै पार्टीबाट अलग भएको बताएका छन्।
नेतृत्वको आलोचना गर्दै विज्ञप्ति जारी गरेर उनीहरुले पार्टी छाडेका हुन् । गोरखा नेसपा अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला समेत हो।
नेसपाले ६ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला अध्यक्ष भट्टराईकै गृह जिल्लाका नगर सभापतिसहित १४ जनाले पार्टी छाडेका छन्।


प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार