Deshko News
१६ आश्विन २०८०, मंगलबार

प्रचण्डका ज्वाइँले फेरि मागे मन्त्री, मुख्यमन्त्रीको सपथ सर्‍यो



काठमाडौं, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान १० बजे हुने भएको पद तथा गोपनीयताको सपथ ५ बजेका लागि सरेको छ ।

हिजो (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवनले मन्त्रीमा दाबी गरेपछि सपथ कार्यक्रम सरेको हो ।

थापालाई मुख्यमन्त्री बनाउन प्रदेश सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई माओबादी केन्द्रले मन्त्री बनाउन लागेकोमा आचार्यले गौतमलाई रोक्दै आफूले मन्त्रीमा दाबी गरे ।

आचार्य यसअघि एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा बनेको कोशी प्रदेश सरकारमा पनि मन्त्री बनेका थिए ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News