अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी, साउन २० । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउदको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।
साउद शनिबार बिहान भिरबाट लडेकी थिइन् । उनको ३ वर्षका छोरा छन् ।
प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार