पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय


काठमाडौं, साउन २१ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।
केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिने छ ।
प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार