Deshko News
१४ मंसिर २०८०, बिहिबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो


 


काठमाडौं, साउन २३ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (मंगलबार देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासनमा ल्याएको जनाएको छ ।

सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्