Deshko News
१६ मंसिर २०८०, शनिबार

सुन तस्करी प्रकरण : राकेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ


 


काठमाडौं, साउन २६ । सुन प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका हुन् ।

नयाँ दिल्लीबाट काठमाडौं आएका उनलाई आज (शुक्रबार) पक्राउ गरिएको हो । सुन प्रकरणमा अडुकियाको घरमा यसअघि राजश्व अनुसन्धान विभागले छापा समेत मारेको थियो ।

शुक्रबार नै थप दुई चिनियाँ नागरिक पक्राउ परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा उनीहरु पक्राउ परेका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्