Deshko News
१६ आश्विन २०८०, मंगलबार

राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगे ओली



काठमाडौं, साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्।

उनी राष्ट्रपति पौडेललाई भेट्न आज (बुधबार) दिउँसो शितल निवास पुगेका हुन् । संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको बताइएको छ ।

लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसकेका छन्।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News