सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो


 


काठमाडौं, साउन ३२ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि लागि आज (बिहीबार)देखि आइपिओ प्रिमियम मूल्यमा निष्कासन भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको कम्पनीले बताएको छ।

सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो आइपिओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ १४ गतेसम्म लम्बिनेछ।

प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्