Deshko News
१६ आश्विन २०८०, मंगलबार

धादिङमा बस दुर्घटना, २६ जना घाइते, ६ को अवस्था गम्भीर



काठमाडौं, भदौ २ । धादिङको वेनिघाट रोराङ गाउँपालिका–९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो ।

बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन्। उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ दाङका २६ वर्षीय बिमल चौधरी, लमही नगरपालिका–५ का ३० वर्षीय गोपाल मल्ल, ४६ वर्षीया माला के।सी, ५४ वर्षीय खुमप्रपसाद खत्री, घोराही नगरपालिका–१३ कि पद्मा गिरी र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१० का यज्ञबहादुर वली गम्भीर घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

अन्य घाइतेहरुमा सल्यानको सबेश्वरी गाउँपालिका–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका ६ वर्षीय छोरा आशिष केसी, ३२ वर्षीया रेखा केसी, सल्यानकै बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१४ का २८ वर्षीय प्रेम पुन र दाङको दागीशरण नगरपालिका–१ का ८५ वर्षीय शिबलाल वि.क छन्।

काभ्रेको धुलिखेल नगरपालिका–१० का ५९ वर्षीय नारायण धिमाल, ५० वर्षीय रेखा वली, दाङको बबई गाउँपालिका–५ का २३ वर्षीय प्रदीप श्रीस र उनकी २२ वर्षीया श्रीमती मञ्जु श्रीस रहेका छन्।

त्यस्तै दाङको तुलसीपुर नगरपालिका–७ का ३३ वर्षीय बिजय केसी, रूकुम पूर्वको सिस्ने गाउँपालिका(८ का ३१ वर्षीय योगेश बुढा, सल्यानको बाघचौर नगरपालिका(१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुमपश्चिम चौरजहारी नगरपालिका(१४ का २८ वर्षीय खडक बि।क, सल्यानको बाघचौर नगरपालिका(९ का ४८ वर्षीय धन बहादुर वली घाइते छन्।

रूकुम पश्चिम चौरजारी नगरपालिका-१० बस्ने बर्ष ३२ को प्रबिण वली, चौरजहारी-१३ का २८ वर्षीय सचिन विष्ट, दाङको भालुवाङ गाउँपालिका-१ का ३८ वर्षीया सलमा खातुन, ३८ वर्षीय मोहमद हुसेन, तुलसीपुर उपमहानगरपालिका-५ का ३० वर्षीय मनोज खड्का र रूकुम पश्चिमको चौरजहारी नगरपालिलका-१४ का ३० वर्षीय विरेन्द्र केसी घाइते भएका छन्।

उनीहरूको राजमार्ग अस्पताल र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News