Deshko News
१६ मंसिर २०८०, शनिबार

ललिता निवास प्रकरणका आरोपीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति


 


काठमाडौं, भदौ ४ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीहरुलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई भने गत हप्ता जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको थियो ।

सीआईबीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसिकएको भन्दै म्याद थपेको हो ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्