Deshko News
१६ आश्विन २०८०, मंगलबार

सभापति लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौं, भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

सभापति लामिछाने र राजदूत थम्पसनबीच पार्टी कार्यालय, वनस्थलीमा भेटवार्ता भएको हो। भेटघाटमा मुख्यतयः नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

त्यस्तै भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको थम्पसनले बताएका थिए।

राजदूतसँगको भेटमा सांसद तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले जानकारी दिएको छ।

प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News