सन्दीप लामिछाने बलात्कार मुद्दाकी किशोरी ‘गौशाला २६’द्वारा आत्महत्या प्रयास, अस्पताल भर्ना


काठमाडौं, साउन ९ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार गरेको भनिएकी किशोरी ‘गौशाला २६’ले आत्महत्याको प्रयास गरेकी छन्।
उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेको बताइएको छ । उनी हाल माइती नेपालको संरक्षणमा रहेर मनोचिकित्सकको परामर्शमा औषधि खाइरहेकी थिइन्।
उनले उक्त औषधि धेरै खाएर आत्महत्या प्रयास गरेको बुझिएको छ । हाल उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ। गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार