समितिमा भाग नपाएपछि उम्मेदवार पठाउँदै रास्वपा, उद्योग समितिमा पराजुली

काठमाडौं, भदौ १० । संसदीय समिति सभापतिहरुमा भाग नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार उठाउने भएको छ ।
समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन ।
भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ । अरु समितिबारे छलफल भइरहेको उनले बताए ।
उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रमुख सचेकत परियारले जानकारी दिए ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार