Deshko News
१६ आश्विन २०८०, मंगलबार

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक कुटपिटको विरोधमा विद्यालय बन्द



कञ्चनपुर, भदौ १० । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

विद्यालयका शिक्षक तथा लेखापालमाथि कुटपिट गरिएको भन्दै नगरपालिकाभित्रका सामुदायिक विद्यालय बन्द गरिएको हो ।

भदौ ३ गते भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीमाथि सामूहिक कुटपिट गरिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि ठूलो संख्यामा विद्यालयभित्र प्रवेश गरेको समूहले मराशन्न हुनेगरी कुटपिट गरेको थियो । उक्त कुटपिटपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फरार रहेकाहरूको खोज तलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी कमल थापाले बताए । उनका अनुसार किटानी जाहेरीको आधारमा प्रहरीले स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको छ ।

कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको एसपी थापाले बताए ।

कक्षा १० मा पढ्ने एक छात्राले आफ्नो सम्वेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । आरोपछि प्रहरीले आरोपति जोशीलाई नियन्त्रणमा लिएको थियो ।

हतकडी लगाएर प्रहरी कार्यालयमा लैजाने क्रममा प्रदर्शनकारीहरूले उनीमाथि कुटपिट गरेपछि उनी गम्भीर घाइते बनेका छन् । उनको धनगढीस्थित निर्सग अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

उनीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि कुटपिट हुँदा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको र लेखापालमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गरिएको हो ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News