Deshko News
१६ आश्विन २०८०, मंगलबार

बिरामीको मृत्यु भएपछि धनगढीको स्वस्तिक अस्पतालमा तनाव



धनगढी, भदौ ११ । धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।

प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछि आफन्तले प्रदर्शन सुरु गरेका छन् । स्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएको छ ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल भएको हो ।

अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News