चीनले जारी गरेको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा गायब

काठमाडाौं, भदौ १३ । छिमेकी राष्ट्र चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ ‘चुच्चे’ नक्सा गायब पारिएको छ ।
चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको हो । सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो ।
चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो ।
चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा देखाएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार