Deshko News
१५ मंसिर २०८०, शुक्रबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता


 


काठमाडौ, भदा १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

आज सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवास पुगेर प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्