डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन


काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा भर्ना भएका
उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले पुष्टि गरे ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् ।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।
उनी महानगरका चर्चित वडाध्यक्ष थिए ।कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र शाहसंग चर्काचर्कीसमेत भएको थियो । जुन चर्चामा निकै आएको थियो ।
प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार