भारतमा जी २० का पाहुनालाई भाेजन खुवाउन सुनको थाल र चाँदीको चम्चा
एजेन्सी। भारतले जी २० का पाहुनालाई सुनको थालमा र चाँदीको चम्चाले भोजन गराउने भएको छ ।
भारतीय समाचार माध्यमका अनुसार सेप्टेम्बर ९ देखी १० सम्म भारतको नयाँ दिल्लीको प्रगति मैदानमा हुने जी २० शिखर सम्मेलनका लागि सहभागी हुने अन्तर्राष्ट्रिय पाउनालाई यस्तो भोजन गराउन लागिएको हो ।
पाहुनालाईय स्वागत गर्न नयाँ दिल्ली सजाइएको छ। उच्च महत्वको शिखर सम्मेलनमा भाग लिने राजनीतिक, सांस्कृतिक र व्यापारिक प्रतिनिधिहरूलाई एक प्रकारको अनुभव प्रदान गर्न अधिकारीहरूले यस्तो व्यवस्था गरेका हुन्।
यसबाट भारतको समृद्ध संस्कृति र सम्पदा देखाउनका लागि राष्ट्र प्रमुखहरू र अन्य विश्व नेताहरूलाई चाँदी र सुनको भाँडाहरूमा सेवा दिइनेछ।
प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार