Deshko News
१६ आश्विन २०८०, मंगलबार

भोज-भतेरमा छुट्टाछुट्टै भान्छा बनाए कारबाही



बागलुङ, भदौ २४ । बागलुङको तमानखोला गाउँपालिकाले भोजभतेरमा जातका आधारमा छुट्टाछुट्टै भान्छा बनाए कारबाही गरिने नीति बनाएको छ ।

सामाजिक भेदभाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले गाउँपालिकाले यस्तो नीति बनाएको हो । गाउँपालिकाले जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीसहित नागरिकलाई दुईवटा भान्छा हुने भोजभतेरमा सहभागी नभई बहिष्कार गर्न आग्रह समेत गरेको छ ।

जिल्लाका शहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

‘अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,’ अध्यक्ष बुढा मगरले भने, ‘यसको अन्त्यका लागि दुईवटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ ।’

उनका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News