सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा


काठमाडौं, भदौ २६ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राजकीय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
उनका अनुसार बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए ।
प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार