उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस


काठमाडौं, भदौ २९ । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार