Deshko News
१६ आश्विन २०८०, मंगलबार

कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा



काठमाडौं, असाेज १
कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुट दिन सूचना प्रकाशन गर्नका लागि स्वीकृत दिएसँगै सो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट दिने व्यवस्था राजपत्रमा प्रकाशित गरेपछि कम्पनी दर्ता र पुँजी वृद्धि निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा आउने छ ।

कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार महेश बरालले चालु आर्थिक वर्षको बजेटमार्फत गत साउन १ देखि कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था लागु हुने भनिए पनि कानुन न्याय तथा सङ्घीय मन्त्रालय र अर्थ मन्त्रालयबिचमा कुन कानुन लगाउने भन्ने विषयमा अलमल हुँदा कार्यान्वयनमा आउन ढिलाइ भएको जानकारी दिए ।

कम्पनी ऐन अनुसार जाने की आर्थिक ऐन अनुसार कार्यान्वयनमा जाने भनेर सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन, रजिस्ट्रार बरालले भने “अब आर्थिक ऐनको दफा १८ अनुसार लागु हुन्छ ।” एक दुई दिनभित्रमा राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा आउने उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News