Deshko News
१४ आश्विन २०८०, आइतबार

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल



काठमाडौं, असाेज १
राष्ट्रपति रामचन्द्र पौडेलले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा हरितालिका (तीज) चाड मनाइएको बताएका छन् ।

हरितालिका (तीज), २०८० को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको बताए ।

उनले भने,‘यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ। परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु।’

देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाउनु आवश्यक भएको उनको भनाई छ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News