सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं, असोज १ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तोलामा पाँच सय रुपैयाँ बढेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार