Deshko News
१८ आश्विन २०८०, बिहिबार

३४ पृष्ठको राहदानीका लागि आवेदन खुला



काठमाडौं, असोज १ । राहदानी विभागले आज (असोज १) देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ ।

आजदेखि अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।

सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।

३४ पृष्ठको राहदानी वितरण रोकिएपछि २०८० असार ३ गतेदेखि ६६ पृष्ठको लागि पनि ३४ पृष्ठको सरह ५ हजार रुपैयाँ दस्तुर लिन सुरु गरेको थियो ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News