Deshko News
१६ आश्विन २०८०, मंगलबार

कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ



बुटवल, असोज १ । पाल्पाको तिनाउ गाउँपालिका–२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसहित चार जना पक्राउ परेका छन् ।

सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बीच झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News