Deshko News
६ आश्विन २०८०, शनिबार

विदेशी मुद्रा सहित एक भारतीय नागरिक पक्राउ



मकवानपुर, असोज १ । हेटौंडाबाट विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा–१५ रातोमाटे चेकप्वाइन्टबाट २३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना–९ का ४० का रम्भु दास पक्राउ परेका हुन् ।

भदौ ३१ गते आइतबार विशेष सूचनाको आधारमा दासलाई विदेशी मुद्रासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

लुकाई छिपाई गरी राखेको अवस्थामा दासको साथबाट ५० का युरोपियन डलर ८० थान (नेपाली ४,००० रुपैयाँ), १ हजारका जापानी यन १३३ थान (नेपाली १३ लाख ३० हजार ००० रुपैयाँ), १ हजारका साउदी रियल २ थान, ५०० का १५ थान, २०० का ५ थान, १०० का ५२ थान, ५० का ७ था, २० का ५ थान, १० का १३ थान, ५ का ७ थान गरी जम्मा साउदी रियल ११६ थान ‌बरामद गरिएको उनले बताए । साउदी रियल मुद्राको नेपाली मूल्य १६ हजार ३१५ रुपैयाँ रहेको हुन्छ ।

बरामद भएको विदेशी मुद्रा र निज दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News