Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रभु साहको आजपाका केन्द्रीय सदस्य एमालेमा प्रवेश



रौतहट, असोज १ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा)का केन्द्रीय शेख एकरामुल नेकपा एमालेमा प्रवेश गरेका छन्।

रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका एकरामुल पार्टी परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका हुन्।

सोमवार एमाले जिल्ला पार्टी कार्यालय गौरमा एक कार्यक्रमका बिच एकरामुललाई एमाले केन्द्रीय सदस्यद्धय रेखा झा र अजय गुप्तासहितका नेताहरुले स्वागत गरे ।

गत स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले टिकट नदिएपछि उनी प्रभु साहको पहलमा एमाले पार्टी प्रवेश गरी एमालेको टिकटबाट मेयर पदमा चुनाव लडेका थिए।

तर प्रभुले नयाँ पार्टी बनाएपछि उनी पनि उनकै पछि आजपामा सहभागी भएका थिए ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News