Deshko News
१४ आश्विन २०८०, आइतबार

विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी



काठमाडौं, असोज १ । सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ ।

विद्यालय बन्दको कार्यक्रम आयोजना गरेको सुनिएको भन्दै नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् गर्न नहुने बताएको छ ।

नगरपालिकाले बालबालिकाको सिकाइमा बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हडताल गरे कदापि स्वीकार्य नहुने बताएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News