Deshko News
६ आश्विन २०८०, शनिबार

नेप्सेमा सामान्य वृद्धि, महिलाहरु व्यस्त हुँदा कारोबार रकम घट्यो



काठमाडौं, असोज १ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजारमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा पुगेको हो । यस दिन २८ लाख ७४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम भने आइतबारको तुलनामा सोमबार ह्वात्तै घटेको छ । आइतबार दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ८४ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ ।

हरितालिका तीजका दिन अधिकांश महिलाहरू कारोबारमा संलग्न नहुँदा कारोबार रकम घटेको हो । नेप्सेका अनुसार सोमबार कारोबार भएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज प्रतिशतका हिसाबले सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य बढेको छ । सो कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढ्दै प्रतिकित्ता एक हजार ५४ रुपैयाँ ४० पैसा पुगेको छ ।

शुभम पावर लिमिटेडका शेयरधनीहरूले भने प्रतिशतका हिसाबले आज शेयरबजारमा सबैभन्दा बढी गुमाएका छन्‌ । ९.९९ प्रतिशतले गिरावट हुँदा यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ८८७ रुपैयाँ १० पैसा कायम भएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News